Rule 36
सरकारी निकायले प्रयोग गर्ने प्रमाणपत्र सम्बन्धी व्यवस्था
(१) सरकारी निकायले प्रयोग गर्ने डिजिटल हस्ताक्षरको प्रमाणपत्र जारी गर्न इच्छुक प्रमाणीकरण गर्ने निकायबाट नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी दरखास्त आव्हान गर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त दरखास्तहरूमध्येबाट उपयुक्त देखिएको प्रमाणीकरण गर्ने निकायलाई नेपाल सरकारले सरकारी निकायले प्रयोग गर्ने डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्ने निकायको रूपमा तोकी दिनेछ ।
(३) प्रमाणपत्र लिन चाहने सरकारी निकायले उपनियम (२) बमोजिम तोकिएको प्रमाणीकरण गर्ने निकायबाट प्रमाणपत्र प्राप्त गर्न सक्नेछ ।